अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१७ | Colorodo: 23:32

आफुमाथिको आरोपमा माफी नमागे प्रचण्डको नियति ‘हेग’ बन्ने प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीको प्रतिवेदनको निष्कर्ष

बिआरटीनेपाल २०७७ मंसिर ११ गते ६:०५ मा प्रकाशित

सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जघन्य अपराधी र मानवअधिकार उल्लंघनकर्ताका रुपमा ‘हेग’मा पुर्याउने विचारसहित प्रस्तावलाई अन्तिम रुप दिनुभएको छ । प्रचण्डको हस्ताक्षरमा कात्तिक २८ गते सचिवालय बैठकमा पेश गरेको र ओलीसँग असन्तुष्ट अन्य चारजना केन्द्रीय सचिवालय सदस्यहरुले समेत स्वामित्व लिएको प्रस्तावमा ओलीलाई भ्रष्टाचारलगायत गम्भीर आरोप लगाइएको थियो।

त्यसको प्रतिउत्तरमा ओलीलगायत उहाँ पक्षधरका नेताहरु सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, ईश्वर पोखरेल, विष्णु रिमाललगायतले बुधबार मध्यरातमा अन्तिम रुप दिएको ४० पाने प्रस्तावमा प्रचण्डले मानवता विरोधी अपराध गरेको, त्यो विश्वव्यापी विषय भएको भन्दै त्यसमा अन्तर्राष्ट्रिय फौजदारी कानुन आकर्षित हुनसक्ने घुमाउरो चेतावनी दिइएको छ ।

तीन दिनपछि प्रस्तावित केन्द्रीय सचिवालय बैठकमा पेश गर्न तयार गरिएको प्रस्तावमा प्रचण्डले सार्वजनिक रुपमा ‘सशस्त्र विद्रोह’मा मारिएका १७ हजार मानिसमध्ये पाँच हजारको जिम्मा लिएको भन्दै दिएको अभिव्यक्तिलाई ओलीले त्यसको प्रमाण भन्न मिल्ने उल्लेख गरिएको छ। खासगरी ओलीले चितवनको बाँदरमुडे अर्थात प्रचण्डको निर्वाचन क्षेत्रमा १६ वर्षअघि कम्तिमा ४२ जनाको ज्यान जानेगरी गराइएको बस एम्बुसको घटनालाई पनि त्योसँगै जोडिएको प्रस्ताव लेखनमा संलग्न ओली पक्षका एक नेताले बताएका छन् ।

प्रचण्डलाई ‘हेग’ उभ्याउने प्रस्ताव लेखकमण्डलमा रहेका नेता नेम्वाङले प्रतिनिधिसभाका अध्यक्षका रुपमा सरकारलाई फौजदारी मुद्दामा अन्तर्राष्ट्रिय अदालतको विश्वव्यापी अधिकार क्षेत्र स्वीकार गर्ने अभिसन्धि (‘रोम स्ट्याचुट) मा हस्ताक्षर गर्न आदेश दिनुभएको थियो । प्रस्तावमा प्रचण्डले विगतमा गरेका गतिविधिमा बढी केन्द्रीत छ भने उहाँबाट पूर्वएमाले पृष्ठभूमिका नेताहरुलाई अलग्याउन खोजेको संकेत पनि गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू