अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५५ | Colorodo: 14:10

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७ सय ९० जना कोरोना संक्रमित थपिए , २ हजार ७ सय ९१ जना डिस्चार्ज, २४ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ मंसिर ९ गते ६:२८ मा प्रकाशित

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको जम्मा संख्या २ लाख २४ हजार ७८ पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार ७ सय ९१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै नेपालमा हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४ हजार ८५८ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिलो २४ घण्टामा १० हजार ८ सय ४३ नमुना पिसिआर परिक्षण गरिएको छ । हाल देशभर १७ हजार ८ सय ५९ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ६१ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू