अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२६ | Colorodo: 20:41

संसद अधिवेशन शुरु गर्न सचिवालय तयार, विकल्पहरुमाथि छलफल जारी– सभामुख सापकोटा

बिआरटीनेपाल २०७७ मंसिर ८ गते ६:०७ मा प्रकाशित

सभामुख अग्निप्रसाद सापकोटाले संसदको हिउँदे अधिवेशन शुरु गर्न आफूहरु तयार रहेको बताउनुभएको छ । सांसद मोहन पाण्डेलाई शपथ दिलाएलगत्तै संसद सचिवालयमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले कोरोना महामारीको समयमा संसद चलाउन विभिन्न विकल्पसहित तयारी अवस्थामा रहेको बताउनुभयो ।

सकेसम्म चाँडो संसद बैठक राख्नका छलफल भइरहेको विकल्पहरुको खोजी भइरहेको पनि उहाँको भनाइ थियो ।सभामुख सापकोटाले आउँदो अधिवेशनमा सरकारले पेश गर्ने अध्यादेशमाथि छलफल हुने पनि बताउनुभयो । बजेट पारित गरेपछि एकाएक सरकारले बन्द गरेको संसद अधिवेशन अहिलेसम्म आह्वान नगरिएकामा विभिन्न पक्षबाट ध्यानाकर्षण हुन थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू