अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५७ | Colorodo: 21:12

नेपालमा थप १ हजार ६ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ मंसिर ७ गते ६:०० मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकमा अहिलेसम्म कुल संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ३२ जनाको पिसिआर परीक्षण भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय २१ जना पुगेको छ । आज देशभर १९ हजार ९ सय ६३ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ९९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै देशभर संक्रमणमुक्त हुने कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार २४ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू