अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३९ | Colorodo: 08:54

नेपालमा थप २२ जना संक्रमतिको मृत्यु, मृतकको संख्या १ हजार २ सय ९८ पुग्यो

बिआरटीनेपाल २०७७ मंसिर ५ गते ५:५६ मा प्रकाशित

पछिल्लो २४ घण्टामा नेपालमा थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमितको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ९८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ९ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ । पछिल्लो २४ घण्टामा ५हजार ३ सय ६४ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १ लाख ९१ हजार २ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ३ सय ४० जनाको पिसिआर परीक्षण भएको छ । मुलुकमा अहिले कोरोनाका सक्रिय संक्रमितको संख्या २४ हजार ६ सय ६५ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू