अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३३ | Colorodo: 02:48

ओलीको प्रस्ताव: माधव नेपाललाई प्रधानमन्त्री बनाउने

बिआरटीनेपाल २०७७ मंसिर १ गते ८:५४ मा प्रकाशित

काठमाडौँ,  नेकपा भित्र रहेको विवाद समाधान गर्न भन्दै शीर्ष नेताहरूबिच राजनीतिक लेनदेनको हिसाब किताब तीव्र बनेको समाचार छ । प्रधानमन्त्री केपी शर्मा आलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री बनाउने प्रस्ताव अगाडि सारेको बताइएको छ । पार्टीभित्र प्रभावशाली मानिएका नेता नेपालसँग आइतबार बालुवाटारमा भएको भेटमा अध्यक्ष ओलीले उक्त प्रस्ताव अगाडि सार्दै अहिले आफूलाई सहयोग गर्न आग्रह गरेको स्रोतको दाबी रहेको छ ।

ओलीले नेपाललाई पछिल्लो पटक नै तीन पटक प्रत्यक्ष भेट गरिसकेका र नेपालले आफूलाई सहयोग गर्दा सचिवालयका प्रभावशाली नेताहरू आफ्नो पक्षमा हुने अध्यक्ष ओलीको विश्वास छ ।

आफू यो कार्यकालबाहेक पार्टी अध्यक्ष वा प्रधानमन्त्री नबन्ने विश्वास दिलाउँदै नेता नेपाललाई आगामी कार्यकालका लागि अध्यक्ष र प्रधानमन्त्री दुवै बनाउन आफूले सहयोग गर्ने प्रस्ताव राखेर नेता नेपाललाई मनाउने प्रयास गरेको स्रोतको भनाइ रहेको छ ।

यद्यपि, नेता नेपालले त्यो राजनीतिक लेनदेनमा सहमति नजनाएको बताइएको छ । पार्टीलाई एकताबद्ध बनाएर लैजान र सबै आफ्नो ठाउँमा सच्चिनुपर्ने धारणा नेपालले राखेको स्रोतको दाबी छ ।

यस्तै ओलीले उपाध्यक्ष वामदेव गौतमलाई पनि उपप्रधानमन्त्रीसहित रोजेको मन्त्रालय दिने प्रस्ताव गरिएको विषय पनि बाहिरिएको छ । ओलीले प्रचण्ड, माधव नेपाल र वामदेव गौतमसँग राजनीतिक लेनदेनको प्रयास गर्दै आएका छन् । ओलीको प्रस्ताव कसैले पनि सहजै स्वीकार गरिरहेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू