अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०८ | Colorodo: 02:23

नेकपा विवाद– ओलीलाई अर्को दुुई दिन कुर्ने सचिवालयका ५ नेताको निर्णय

बिआरटीनेपाल २०७७ कार्तिक २५ गते ६:४५ मा प्रकाशित

नेकपाका बहुमत सचिवालय सदस्यले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै दुई दिन कुर्ने निर्णय गरेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा अर्काअध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षको बैठकले सचिवालयको औपचारिक बैठक राख्नका लागि दुई दिन कुर्ने निर्णय गरेका हुन् ।

आइतबार प्रचण्ड र नेपालसहित नेताहरु झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतमले अध्यक्ष ओलीलाई भेटेर दुई दिनभित्र सचिवालयको बैठक बोलाउन ध्यानाकर्षण पत्र बुझाएका थिए । उक्त समयलाई ओलीले टारिदिएपछि अर्को दुई दिन कुर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । भदौ २६ गते स्थायी समितिले गरेको निर्णय ओलीले उल्लंघन गर्दा नेकपा विवाद उत्कर्षमा पुगेको छ ।

पार्टीभित्र मतभेद बढ्दै जाँदा ओलीले सचिवालयको औपचारिक बैठक बोलाउन अस्वीकार गरेपछि प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले दबाबका लागि अनौपचारिक बैठक गर्दै आएका छन् । मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा अनौपचारिक बैठक बस्नुअघि प्रचण्डले बालुवाटार पुगेर ओलीसँग भेट गर्नुभएको थियो ।

भेटमा के कुराकानी भयो खुल्न सकेको छैन । तर ओली भोलि एक नम्बर प्रदेशमा जाने भएपछि थप २ दिन समय दिने निष्कर्षमा पाँच नेता पुगेका हुन् । मंगलबार बसेको बैठक बहुमत सदस्यको तेस्रो बैठक हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू