अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०४ | Colorodo: 01:19

२४ घण्टामा नेपालमा २ हजार ८ सय १७ कोरोना सङ्क्रमित थपिए, २ हजार ८ सय १२ जना डिस्चार्ज

बिआरटीनेपाल २०७७ कार्तिक २३ गते ६:०८ मा प्रकाशित

नेपालमा कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार २ हजार ८ सय १७ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै गएको २४ घण्टामा २ हजार आठ सय १२ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ५७ हजार ९ सय २६ पुगेको छ ।

अब नेपालमा ३५ हजार ४ सय १९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै १ हजार १ सय ४९ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा २१ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार १ सय ८ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू