अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४७ | Colorodo: 23:02

“पार्टी जोगाउन ओलीसँग पटक पटक आग्रह गरेको छु, फेरि गर्छु” – प्रचण्ड

बिआरटीनेपाल २०७७ कार्तिक २१ गते ६:२६ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको रक्षाका लागि आफूले अर्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीसँग पटक पटक आग्रह गरेको बताउनुभएको छ । नेकपा सचिवालयका बहुमत सदस्यको अनौपचारिक छलफलपछि बाहिरिने क्रममा पत्रकारसँग संक्षिप्त कुरा गर्दै उहाँले फेरीपनि ओलीलाई पार्टी एकताको पक्षमा उभिन आग्रह गर्ने बताउनुभएको हो ।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पनि पार्टीको एकताका लागि प्रधानमन्त्री ओलीलाई सामुहिक आग्रह गर्ने बताउनुभयो । बहुमत पार्टी नेता कार्यकर्ताहरु एकताको पक्षमा रहेको उल्लेख गर्दै उहाँहरुले सहमतिमै सचिवालयको बैठक बस्ने र पार्टीका बिद्यमान समस्याहरुको समाधानको लागि छलफल गरिने प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू