अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४६ | Colorodo: 19:01

नेपालमा थप १८ जनाको कोरोना संक्रमणबाट निधन, ३ हजार ७ सय ९० जनामा संक्रमण पुष्टि

बिआरटीनेपाल २०७७ कार्तिक ३ गते ६:४५ मा प्रकाशित

नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट ७ सय ५७ जनाको मृत्यु भएको छ । आज (सोमबार) मात्रै थप १८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । यसैगरी कोरोना भाइरस (कोभिड(१९) संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ। पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९० जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

मुलुकभर अहिले ४० हजार ७ सय ७८ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १३ हजार ८५१ जना रहेका छन् भने २६ हजार ९२७ होम आइसोलेसनमा छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ४७० जना रहेको बताईएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५ हजार ७४३ नमूनाको पीसीआर परीक्षण भएको छ। सोमबार २३ सय ३५ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ९४ हजार ५ सय १ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू