अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२९
| Colorodo: 14:44
पूर्वराजा ज्ञानेन्द्र शाहले यसपालिको दसैंमा सर्वसाधारणलाई टीका नलगाउने हुनुभएको छ । कोरोना महामारीका कारण यसपालि सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम रोकेको पूर्वराजाका सहयोगी फणिराज पाठकले जानकारी दिनुभयो । पूर्वराजा शाहले हरेक वर्ष विजयादशमीको दिन निर्मल निवासमा सर्वसाधारणलाई टिका लगाइदिने गर्नुहुन्थ्यो ।
यसैगरी, पूर्वराजा शाह यसपालि महाअष्टमीमा शक्तिपीठहरूमा पनि दर्शनका लागि नजाने बताईएको छ । ‘कोरोनाको असहजताको परिस्थितिमा आस्था, मान्यता, मर्यादा र कर्तव्यशीलतालाई ख्याल गर्दै यसपालिको विजयादशमी शान्त, शालीनता र सादगीका रुपमा मनाउने निधो भएको छ,’ पूर्वराजाद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ।