अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२१ | Colorodo: 03:36

विश्वमा कोरोनाको नयाँ रेकर्ड, एकैदिन ४ लाखभन्दा बढी संक्रमित थपिए

बिआरटीनेपाल २०७७ कार्तिक १ गते ७:२५ मा प्रकाशित

विश्वमा एकैदिन चार लाख १२ हजार ९ सय ५ जना कोरोना संक्रमित थपिएका छन्। यो अहिलेसम्मकै धेरै हो। योसँगै हालसम्म संक्रमितको संख्या तीन करोड ९५ लाख ६५ हजार ९ सय ४८ पुगेको छ।कोरोनाबाट विश्वमा मृत्यु हुनेको संख्या ११ लाख ८ हजार ६ सय १७ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ६ हजार १ सय ८५ जनाको मृत्यु भएको हो। वर्ल्डोमिटर्सका अनुसार हालसम्म दुई करोड ९६ लाख ४८ हजार ९ सय १५ जना संक्रमणमुक्त भएका छन्।

विश्वमा सक्रिय संक्रमितको संख्या ८८ लाख ८ हजार ४ सय १६ छ। त्यसमध्ये ७१ हजार ४३५ जना गम्भीर अवस्थाका छन्। सबैभन्दा बढी प्रभावित देश अमेरिकामा संक्रमितको संख्या ८२ लाख ८८ हजार २ सय ७८ पुगेको छ। भारतमा संक्रमितको संख्या ७४ लाख ३० हजार ६ सय ३५ पुगेको छ भने ब्राजिलमा ५२ लाख एक हजार ५ सय ७० छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू