अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४०
| Colorodo: 23:55
नेपाल सरकार मन्त्रीपरिषद्को पुनर्गठन गरिएको छ । मन्त्रिपरिषद्को आज भएको पुनर्गठनमा ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर उपप्रधानमन्त्रीमा मात्र सीमित गरिएको छ। मन्त्री पोखरेलसँग सेनासँगै प्रधानमन्त्री पनि पछिल्लो समय असन्तुष्ट हुनुहुन्थ्यो ।
ओली सरकारमा पोखरेल सुरुवातदेखि नै रक्षामन्त्री रहनुभएको थियो । कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि गठित उच्चस्तरीय समितिको संयोजक बनाइएका पोखरेल मेडिकल सामना खरिद प्रकरणमा विवादमा मुछिनुभएको थियो । पछि उच्चस्तरीय समिति विघटन गरिएको थियो।