अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५० | Colorodo: 13:05

चाडपर्वमा हुन सक्ने कालोबजार र महँगीको सम्बन्धमा अनुगमन गर्न समिति गठन

बिआरटीनेपाल २०७७ असोज २५ गते ७:३९ मा प्रकाशित

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चाडपर्वमा हुन सक्ने कालोबजारी र महँगीका सम्बन्धमा अनुगमन गर्न उपसमिति गठन गरेको छ । आज बसेको समितिको बैठकले यस वर्षको छठ पर्वसम्म म्याद रहने गरी पाँच सदस्यीय उपसमिति गठन गरेको हो ।

उपसमितिमा नेकपाका सांसदहरु दिलकुमारी र माया देवी न्यौपाने, कांग्रेसका सांसद प्रकाश रसाईली, सुजाता परीयार सदस्य छन् भने एक जना सदस्य पछि चयन गरिने जनाइएको छ । चाडपर्वको समयमा हुन सक्ने महंगी र कालोबजारीका विषयमा स्थलगत अनुगमन गर्ने र सरोकारवालाहरुलाई बोलाएर छलफल गर्ने जिम्मेवारी उपसमितिलाई दिइएको समिति सभापति बिमल प्रसाद श्रीवास्तवले जानकारी दिनुभयो ।

यी लगायत उपभोक्तालाई मारमा पार्ने गरी हुन सक्ने महंगी, अस्वस्थ खाद्य पदार्थको बिक्री, महंगी यावत कुरामा उपसमितिले अध्ययन र अनुगमन गरेर सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने पनि उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू