अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२४ | Colorodo: 11:39

काठमाडौंमा कोरोना व्यवस्थापन गम्भीर चुनौतीका रुपमा देखापर्यो – सरकारका प्रवक्ता मन्त्री ज्ञवाली

बिआरटीनेपाल २०७७ असोज २५ गते ७:१९ मा प्रकाशित

सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काठमाडौंमा कोरोना भाइरस नियन्त्रण र व्यवस्थापनमा गम्भीर चुनौती देखा परेको बताउनुभएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमण तीव्र बन्दै गएकोले व्यवस्थापनमा समस्या पर्न थालेको बतबताउनुभएको हो । उनले १० लाख ५० हजारभन्दा बढी मानिसहरुको ज्यान लिने कोरोना रोग सामान्य नभएको उल्लेख गर्दै सतर्कता अपनाउन रत्तिभर पनि कमी नगर्न सवैलाई आग्रह गर्नुभयो ।

नेपालकै कतिपय जिल्ला कोरोनाको हटस्पट बन्न लागे पनि नियन्त्रण गरिएको भए पनि काठमाडौं उपत्यकामा कोरोना व्यवस्थापनमा सरकार, जनप्रतिनिधि चुकिरहेको मन्त्री ज्ञवालीले स्वीकार गर्नुभयो । उपत्यकाका जनप्रतिनिधि र स्थानीय सरकारहरुले कोरोना नियन्त्रणका सवालमा देशभित्रका ’बेस्ट प्राक्टिस’हरुबाट पाठ सिक्न जरुरी रहेको उहाँको भनाइ थियो ।

४० लाखभन्दा बढी जनसंख्या भएको काठमाडौंमा कोरोना अनियन्त्रित भयो भने भयावह स्थिति हुने भन्दै उहाँले अस्पतालहरुमा बेड, आईसीयू अभाव हुन थालेको उल्लेख गर्नुभयो । दैनिक देखिने संक्रमितमध्ये ६० प्रतिशत राजधानीका रहेको र त्यसविरुद्धको उपचारका लागि सरकारले सामथ्र्य बढाइरहे पनि पर्याप्त नभएको मन्त्री ज्ञवालीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू