अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:११ | Colorodo: 15:26

कोरोना संक्रमणको कारण कांग्रेसकोे केन्द्रीय समिति बैठक स्थगित

बिआरटीनेपाल २०७७ असोज १८ गते ६:४० मा प्रकाशित

आफ्ना केन्द्रीय सदस्यहरुमा कोरोना भाइरस संक्रमण भएपछि नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरेको छ ।केन्द्रीय कार्यसमितिका नेताहरु कोरोना भाइरस संक्रमित भएपछि सोमबारका लागि बोलाइएकौ बैठक स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार २ बजेका लागि बोलाइएको बैठक स्थगित गरी अर्को बैठक असोज २५ गतेका लागि तय गरिएको जानकारी दिनुभयो । १४औं महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न सोमबार बोलाइएको बैठकका लागि नेताहरुको पीसीआर परीक्षण गर्दा नेताहरु अर्जुननरसिंह केसी, गगन थापासहितका पाँच केन्द्रीय सदस्यमा कोरोना पोजिटिभ देखिएको थियो ।

कांग्रेसले सानेपास्थित केन्द्रीय कार्यालय नै पाँच दिनका लागि बन्द गरेको छ । कार्यालय आइतबारदेखि २२ गतेसम्मका लागि बन्द गरेको हो ।कोरोनाकै कारण आइतबारका लागि बोलाइएको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक पनि स्थगित गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू