अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३३ | Colorodo: 02:48

कांग्रेस केन्द्रीय कार्यालय ५ दिनका लागि बन्द, पदाधिकारी बैठक स्थगित,

बिआरटीनेपाल २०७७ असोज १८ गते १:४२ मा प्रकाशित

केन्द्रीय सदस्य र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यालय ५ दिनका लागि बन्द गरिएको छ ।

भोलीका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकको तयारी स्वरुप गरिएको कोरोना परीक्षणमा चारजना केन्द्रीय सदस्य र केन्द्रीय कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेसले आजदेखि असोज २२ गतेसम्म ५ दिनको लागि केन्द्रीय कार्यालय बन्द गरेको हो ।

असोज १५ गते केन्द्रीय कार्यालयमा पीसीआर परीक्षण गरिएको थियो । संक्रमण देखिएका कारण आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ भने भोलीका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक बस्ने वा नबस्ने बारे कुनै निर्णय नभएको प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू