अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५८
| Colorodo: 23:13
मुलुकमा बितेको २४ घण्टामा २ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार ९ सय ७८ जनाको पीसीआर परीक्षण गर्दा २ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५ सय ७० जना पुगेको छ । आज काठमाण्डौ उपत्यकामा मात्रै १ हजार १ सय ७७ जनामा कोरोना पुष्टि भएको छ । यस्तै गएको २४ घण्टामा २ हजार ४४ जना कोरोना संक्रमणबाट निको भएसँगै अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ६२ हजार ७ सय ४० पुगेको छ । अब नेपालमा २१ हजार ३ सय २ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै गएको २४ घण्टामा ८ जनाको ज्यान गएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ सय २८ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।