अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१० | Colorodo: 06:25

नेपालमा आज अहिलेसम्मकै उच्च १ हजार ९ सय ११ जनामा कोरोना पुष्टि, थप ९ सय ६१ जना उपचारपछि डिस्चार्ज

बिआरटीनेपाल २०७७ असोज १५ गते ६:४१ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा  आजसम्मकै सबैभन्दा उच्च १ हजार ९ सय ११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७९ हजार ७२८ पुगेको छ । गत २४ घण्टा यता ९ सय ६१ जना कोरोनाको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको कुल संख्या ५७ हजार ३ सय ८९ पुगेको छ । यो कुल संक्रमितको ७१ दशमलव ९ प्रतिशत हो।

मुलुकभर अहिले २ सय २० जना संक्रमितको आईसीयूमा उपचार भइराखेको छ । मन्त्रालयका अनुसार बिहीबार १२ हजार ४ सय ४४ जनाको पीसीआर भएको छ । योसँगै नेपालमा पीसीआरको संख्या १० लाख ३३ हजार ९ सय ४७ पुगेको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ८३० पुगेको छ । होम आइसोलेशनमा ११ हजार ६९ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले १० हजार ७ सय ६१ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले ५ हजार ७७ जना क्वारेन्टाइनमा रहेका छन् । कोरोनाको कारण बिहीबार थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या अहिलेसम्म ५ सय ९ पुगेको छ । मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा अहिले ५ सय माथि सक्रिय संक्रमित रहेका छन् भने मनाङ, मुस्ताङ, डोल्पा र मुगुमा संक्रमितको संख्या शून्य रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू