अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०५ | Colorodo: 23:20

नेकपासंग एकता प्रक्रियामा आउन बाबुराम, मोहन वैद्य र विप्लवलाई अध्यक्ष प्रचण्डको आग्रह

बिआरटीनेपाल २०७७ असोज १५ गते ६:४० मा प्रकाशित

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादीबाट विभाजित भएर गएका कम्युनिष्ट घटकहरुलाई एकता प्रक्रियामा आउन आग्रह गर्नुभएको छ । पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिलेको सन्दर्भमा एकता नै बल भएकाले विभाजित भएकाहरुलाई नेकपामै समाहित हुन आह्वान गर्नुभएको हो ।

प्रचण्डले डा. बाबुराम भट्टराई, मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लवलाई एक भएर अघि बढ्न सुझाव समेत दिनुभयो । प्रचण्डले एकतामा बल हुँदो रहेछ भन्ने कुरा एमाले र माओवादी केन्द्रको एकताले पुष्टि गरिसकेको दावी गर्नुभयो । उहाँले कम्युनिष्ट आन्दोलनलाई अझ बलियो बनाउने भन्ने कुरा आफ्नै काँधमा रहेको उल्लेख समेत गर्नुभयो । नेकपा नेतृत्वले समाजवाद निर्माण गर्ने आधार तयार पारिरहेको अध्यक्ष प्रचण्डको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू