अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१७ | Colorodo: 10:32

जाजरकोटका ४ विद्यालयमा कम्प्यूटर ल्याव स्थापना

बिआरटीनेपाल २०७७ असोज १४ गते ७:०२ मा प्रकाशित

जाजरकोटको भेरी नगरपालिका भित्रका ४ वटा सामुदायिक विद्यालयमा कम्प्यूटर ल्याव स्थापना गरिएको छ । नगरपालिका अन्र्तगतका शिवशंकर मावि जगतीपुर, दीपेन्द्र मावि भुर, भगवती मावि कुदु र शंकर भवन मावि कुदुमा कम्प्यूटर ल्याव स्थापना गरिएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य निरज आचार्यको पहलमा कम्प्यूटर ल्याव स्थापना गरिएको हो ।

नेकपा जाजरकोटका सहईन्चार्ज समेत रहेका आचार्यले अमेरीकामा बस्ने ओम दाहालसंग समन्वय गरी प्रति विद्यालय २० वटा कम्प्यूटर, १÷१ वटा प्रजेक्टर र फोटोकपी सहितको प्रिन्टर रहेको कम्प्यूटर ल्याव उपलब्ध गराउनुभएको हो ।

तेह्रथुम घर भई हाल अमेरीकामा बस्दै आएका दाहालले म्याराथन गरेर उक्त सहयोगका लागि रकम संकलन गर्नुभएको हो । नेता आचार्यले दाहालका प्रतिनिधिको रोहवरमा विद्यायलहरुलाई कम्प्यूटर ल्याव हस्तान्तरण गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू