अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५६ | Colorodo: 11:11

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५१३ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या २० हजार नाघ्यो

बिआरटीनेपाल २०७७ असोज १३ गते ६:०७ मा प्रकाशित

नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छ । गएको २४ घण्टामा एक हजार ५ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १० हजार ८ सय ९२ जनाको नमुना परीक्षण गर्दा १ हजार ५ सय १३ जनामा संक्रमण देखिएको हो । त्यस्तै गएको २४ घण्टामा ७ सय ३१ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ५५ हजार ३ सय ७१ जना पुगेको छ ।

अब नेपालमा २० हजार ३ सय ९६ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ५ हजार ७ सय ७८ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यसैबीच, पछिल्लो २४ घण्टामा १० जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४ सय ९१ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू