अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०८ | Colorodo: 04:23

मन्त्रीमण्डल पुनर्गठनबारे नेकपा अध्यक्षद्धयबीच छलफल, भागवण्डा मिलाउन कसरत जारी

बिआरटीनेपाल २०७७ असोज १३ गते ६:०६ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि मन्त्रीमण्डल पुनर्गठन वारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा मन्त्रिपरिषद् पुनर्गठन र पार्टी एकताका थाती रहेका काम टुंग्याउने सन्दर्भमै कुराकानी भएको बताईएको छ । नेकपाका उपाध्यक्ष बामदेव गौतमको विषयमा नेकपाका अध्यक्षद्वयबीच सहमति नहुँदा मन्त्रिपरिषद सदस्यको हेरफेरबारे अझै निर्णय हुन सकेको छैन ।

अध्यक्ष ओलीले गौतमलाई सरकारमा सहभागी गराउन नचाहेकाले मन्त्री हेरफेरबारे निर्णय हुन नसकेको अन्य नेताहरुले बताएका छन् । तर अर्का अध्यक्ष प्रचण्ड भने गौतम र नारायणकाजी श्रेष्ठलाई सरकारमा पठाउनुपर्ने अडानमा रहनुभएको छ । मन्त्री हेरफेरको अधिकार प्रधानमन्त्रीको क्षेत्राधिकार भएपनि पार्टी एकीकरणको सन्देश दिन केही दिनअघिको स्थायी कमिटी बैठकको निर्णय अनुसार नै सहमतिमा मन्त्री हेरफेर गर्न ओलीलाई दवाव परेको छ ।

मन्त्रिपरिषद् पुनर्गठनकै विषयमा ओली–प्रचण्डबीच केही दिनदेखि लगातार छलफल भइरहेको छ । तर, छलफल टुङ्गोमा पुग्न सकेको छैन । प्रधानमन्त्री ओली र प्रचण्डबीच पुनर्गठनको मोडालिटीमै कुरा नमिलेको नेताहरुले बताएका छन् । प्रधानमन्त्री ओलीले हटाउन खोजेका मन्त्रीलाई निरन्तरता दिनुपर्ने अध्यक्ष प्रचण्डकोे अडान र उहाँले हटाउन खोजेकालाई प्रधानमन्त्रीले निरन्तरता दिन खोजेकाले बैठकमा कुरा ििमल्न नसकेको हो ।

पार्टीमा प्रचण्ड सहित वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल उपाध्यक्ष गौतमलाई मन्त्रीमण्डल पुनर्गठन गर्दा मन्त्री बनाउनुपर्ने पक्षमा हुनुहुन्छ । तर, ओलीले अदालतमा मुद्दा नै परिसकेकाले गौतमलाई सरकारमा सहभागी नगराउने अडान राखेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू