अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०३ | Colorodo: 16:18

नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार नाघ्यो, २४ घण्टामा १ हजार ३ सय १३ जनामा संक्रमण पुष्टि, थप १ हजार ४ सय ५५ जना उपचारपछि डिस्चार्ज

बिआरटीनेपाल २०७७ असोज ९ गते ७:३८ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएनुसार आजसम्म देशमा कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५५ जना उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ५१ हजार ८ सय ६६ पुगेको छ। मन्त्रालयका अनुसार डिस्चार्ज हुनेको यो संख्या ७३ दशमलव ४ प्रतिशत हो।

पछिल्लो २४ घण्टामा मुलुकमा ६ जनाको कोरोनाले मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४ सय ५९. पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २ सय ६२ जनाको पीसीआर परीक्षण गरिएको छ । अहिलेसम्म नेपालमा पीसीआर परीक्षणको संख्या ९ लाख ६८ हजार १८५ पुगेको छ ।

अहिले देशभर १९ हजार २ सय ८९ सक्रिय संक्रमित रहेका छन्। संस्थागत आइसोलेशनमा रहनेको संख्या ८ हजार २ सय ३७ जना रहेको छ भने होम आइसोलेशनमा १० हजार ५२ जना रहेका छन्। अहिले पनि क्वारेन्टाइनमा ६ हजार ४ सय ६२ जना रहेका छन् भने २ सय २७ जनाको आईसीयूमा उपचार भइराखेको छ । यसैगरी, ३९ जनालाई भेन्टिलेटरमा राखिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन भक्तपुर र रुपन्देहीमा ५ सय बढी कोरोना संक्रमित रहेका छन् भने सोलुखुम्बु, मनाङ, रसुवा, मुस्ताङ, डोल्पा, मुगु, हुम्लामा संक्रमण शून्यमा झरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू