अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०२ | Colorodo: 23:17

नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु, सोमबार १ हजार १ सय ५४ जनामा कोरोना संक्रमण

बिआरटीनेपाल २०७७ असोज ५ गते ७:०२ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार अहिलेसम्म मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय २७ पुगेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा १ हजार १ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर कोरोना संक्रमितको संख्या ६५ हजार २ सय ७६ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ५ जना डिस्चार्ज भएसंगै कोरोना संक्रमणपछि उपचार भएर निको हुनेको संख्या ४७ हजार २३८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मुलुकभर अहिले १७ हजार ६ सय ११ कोरोनाका सक्रिय संक्रमित छन्। उनीहरुमध्ये संस्थागत आइसोलेसनमा ८ हजार ९ सय २१ रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ६ सय ९० जना रहेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू