अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५० | Colorodo: 21:05

नेपालमा कोरोनाः आईतबार १ हजार ३ सय २५ जनामा संक्रमण पुष्टि, कुल संक्रमितको संख्या ६४ हजार नाघ्यो

बिआरटीनेपाल २०७७ असोज ४ गते ७:१६ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घन्टामा गरिएको परीक्षणमा १ हजार ३ सय २५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा ९ हजार ५ सय ८४ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार थप भएको समेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ६४ हजार एक सय २२ पुगेको छ । त्यसैगरी विगत २४ घन्टामा ९ सय ६६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४६ हजार २ सय ३३ रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण निको हुने दर ७२ प्रतिशत रहेको बताउनुभयो ।

हाल सक्रिय संक्रमित भने १७ हजार ४ सय ७८ जना छन् । त्यसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार ७१ जना र होम आइसोलेसनमा ८ हजार ७ जना बसेका छन् । संक्रमितमध्ये १ सय ९० जनाको आइसियू र ३६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । हाल क्वारेन्टिनमा ७ हजार ४ सय ५१ जना छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू