अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२५ | Colorodo: 22:40

कैलाली एफएमका पत्रकार निर्मला जंगलमा मृत अवस्थामा फेला

बिआरटीनेपाल २०७७ असोज २ गते ७:४७ मा प्रकाशित

कैलालीको कैलाली एफएममा कार्यरत पत्रकार निर्मला पहराईको जंगलमा झुण्डिएको अवस्थामा शव भेटिएको छ। घोडाघोडी नगरपालिका ४ घर भएकी २३ बर्षीय रेडियो पत्रकार निर्मलाको रहस्यमय रुपमा जंगलमा झुण्डिएको अवस्थामा शुक्रवार शव भेटिएको हो । पहराई क्रियाशील दलित पत्रकार संघ, नेपाल आड्जोन कैलालीकी सहसचिव समेत हुन् ।

रुखमा झुण्डिएको अवस्थामा उनको शव फेला परेपनि हत्या गरेर रुखमा झुण्ड्याइएको आफन्तको आरोप छ । दुई दिनअघि घरबाट सम्पर्कविहीन भएकी उनको खोजी गर्दा जंगलमा शव भेटिएको हो । उनको शव पोष्मार्टमका लागि जिल्ला अस्पताल कैलाली लगिएको छ ।

पछिल्लो केही वर्षयता पत्रकारितामा सक्रिय उनी रेडियोकै एक पत्रकारसँग प्रेम सम्बन्धमा रहेको बताइएको छ । गैरदलित समुदायका युवकसँग प्रेम सम्बन्धमा रहेको भएपनि ‘जात नमिल्ने’भन्दै उनले पटक पटक दुर्व्यवहार भोग्दै आएकी थिइन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू