अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४८ | Colorodo: 22:03

नेपालमा हालसम्मकै उच्च कोरोना संक्रमण, थप २ हजार २० जनामा संक्रमण पुष्टि , ७ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ असोज २ गते ७:३० मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै उच्च कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम अनुसार पछिल्लो २४ घण्टामा २ हजार २० जनामा संक्रमण पुष्टि भएको छ । यो संगै मुलुकमा कोरोना संक्रमितको जम्मा संख्या ६१ हजार ५ सय ९३ पुगेको छ ।

२४ घण्टामा ११ हजार ४ सय ५८ जनाको पीसीआर परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ८७१ जना डिस्चार्ज भएका छन् । अहिले देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३ सय ८३ जना रहेको छ । आइसोलेसनमा ९ हजार २ सय ९५ जना रहेका छन् भने होम आइसोलेसनमा ८ हजार ८८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये ५ पुरुष र २ महिला छन् । स्वास्थ्य मन्त्रालयका अनुसार मोरङमा ६६–६६ वर्षका दुई पुरुष, काठमाडौंमा ८८ वर्षीय पुरुष र ८५ वर्षीया महिला, भक्तपुरमा ८२ वर्षीय पुरुष, ललितपुरमा ६६ वर्षीया महिला र नवलपरासीमा ३१ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३९० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू