अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१४ | Colorodo: 03:29

पोखरामा एकैपटक थपिए ६६ जना कोरोना संक्रमित

बिआरटीनेपाल २०७७ असोज १ गते ७:३४ मा प्रकाशित

पोखरामा आज बिहीबार एकैदिन ६६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले पोखरा महानगरका ६६ जना सहित गण्डकी प्रदेशमा ७४ जना कोरोना संक्रमित थपिएको जानकारी दिएको हो । निर्देशनालयका अनुसार पोखराको वडा नं १५ मा कार्यरत २० वर्ष देखि ४८ वर्ष उमेर समुहका ३९ जना नेपाल प्रहरीमा कार्यरत पुरुषहरु र एक ३६ वर्षिया महिला प्रहरीमा सङक्रमण पुष्टि भएको जनाएको छ ।

त्यसै गरि निर्देशनालयले पोखरा ४ का २० र ५३ वर्षिया महिला, पोखरा ८ का ३८ वर्षिया महिला तथा २१, ३४ र ३९ वर्षिय पुरुष, पोखरा १० का १९ वर्षिय पुरुष तथा २६ वर्षिया महिला, पोखरा १४ का ३५ वर्षिय पुरुष, पोखरा १५ का १८, २१, ३५, ३७ र ३९ वर्षका पुरुष, पोखरा १७ का ३७ वर्षिय पुरुष, पोखरा २३ का १३ वर्षिय वालक, पोखरा २७ का १५ र १८ वर्षिय पुरुष, पोखरा २९ का ४० वर्षिय पुरुष तथा २५ वर्षिया महिला, पोखरा ३१ का ३५ र ५० वर्षका पुरुष तथा ४३, ४५ र ७२ वर्षिया महिला एवम पोखरा ३३ की ४३ वर्षिया महिलामा कोरोना सक्रमण देखिएको जनाएको छ ।

निर्देशनालयले तनहुँ वन्दिपुरका २१ र २५–२५ वर्षका २ पुरुष तथा लम्जुङ वेशीसहरका १९, २७, २९ ३१ र ४० वर्षका पुरुषमा पनि कोरोना सङक्रमण देखिएको जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना सङक्रमितको सँख्या ३ हजार २ सय ८० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू