अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४९ | Colorodo: 22:04

नेपालमा एकैदिन अहिलेसम्मकै धेरै १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण, १ हजार ६८ जना डिस्चार्ज

बिआरटीनेपाल २०७७ भदौ ३१ गते ७:२० मा प्रकाशित

नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको छ । गएको २४ घण्टामा १ हजार ५ सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो अहिलेसम्म एकै दिन भेटिएका संक्रमितहरुको सबैभन्दा उच्च संख्या हो ।

गएको २४ घण्टामा १० हजार ४ सय ९४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५ सय ३९ जनामा संक्रमण देखिएको हो । यसैगरी, गएको २४ घण्टामा १ हजार ६८ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ४१ हजार ७ सय ६ पुगेको छ ।

अब नेपालमा १६ हजार २ सय ४२ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ७ हजार ८ सय २० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ८ जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय ७९ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू