अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४७ | Colorodo: 16:02

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीद्धारा जुम्लामा सत्याग्रह सुरु

बिआरटीनेपाल २०७७ भदौ २९ गते ६:४७ मा प्रकाशित

चिकित्सा शिक्षा सुधारका अभियन्ता वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले जुम्लामा सत्याग्रह अनशन शुरु गर्नुभएको छ । आफूसँग सरकारले यसअघि गरेका सम्झौता पूरा गर्नेलगायतका ६ बुँदे माग डा. केसीले सोमबार दिउँसो २ बजेदेखि १९ औं अनशन थाल्नु भएको हो । जुम्ला बजारनजिकै सिंहचौरस्थित बाबिरा मस्ठो मन्दिरमा सत्याग्रह थाल्नु भएका डा. केसीले आफूलाई हिंडडुल गर्नदेखि उपचार गर्न जान समेत रोकेकाले बिना जानकारी सत्याग्रह थालेको प्रतिक्रिया दिनुभएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम थाल्न, मास्कको प्रयोग र सामाजिक दूरी अनिवार्य गरी पिसीआर परीक्षण व्यापक बनाउन, निषेधाज्ञा र लकडाउन अन्त्य गर्न उहाँको माग छ । यसैगरी उहाँले भ्रष्टाचार प्रकरणहरुको विषय पनि उठाउनुभएको छ । राज्यलक्ष्मी गोल्छा घुसकाण्ड, आयल निगम जग्गा खरिदकाण्ड, वाइड बडी काण्ड, सेक्युरिटी प्रेस खरिद काण्ड, दरबारमार्गको जग्गा काण्ड, ओम्नी समूहको औषधि खरिद काण्ड जस्ता ठूला भ्रष्टाचार काण्ड र बालुवाटार जग्गा काण्डका दोषीलाई कानुन बमोजिम छानविन र कारवाही गर्न माग गर्नुभएको छ ।

ठूला भ्रष्टाचार प्रकरणमा उन्मुक्ति दिएको भन्दै डा. केसीले अख्तियारका बहालवाला तथा सेवा निवृत्त आयुक्तहरुमाथि पनि छानविन र महाभियोगलगायतका कारवाही गर्न माग गर्नुभएको छ । अख्तियारका आयुक्तदेखि भ्रष्टाचार काण्डमा मुछिएकाहरुको सम्पत्ति शुद्धीकरणसम्बन्धमा छानबिन गर्नुपर्ने उहाँको माग छ । महामारीको समयमा नागरिक भोकै हुँदा राज्य सञ्चालक र तिनका निकटका व्यक्तिहरु भ्रष्टाचारमा लिप्त रहेको आरोप केसीले लगाउनुभएको छ ।

लकडाउन अघिदेखि नै जुम्लामा रहनु भएका केसीले ससुदूरपश्चिमका दुर्गम जिल्लादेखि कर्णालीका विकट जिल्लामा उपचारविहीन नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू