अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५१ | Colorodo: 06:06

काठमाडौँ र पोखरामा कोठा र सटर जताजतै खालि, घर भाडा लगाउनै मुस्किल

बिआरटीनेपाल २०७७ भदौ २६ गते ७:२६ मा प्रकाशित

केही महिनासम्म कोठा पाउन मुस्किल पर्ने पोखरा र काठमाडौं लगायतका शहरी क्षेत्रमा अहिले भने कोठा भाडामा लगाउन मुस्किल देखिएको छ। कोठा गरि बस्न होस वा व्यापार व्यवसाय गर्न सटर पाउनै मुस्किल हुने यहाँ अहिले ‘टु लेट’, ‘कोठा, फ्ल्याट खाली छ’ भन्ने सूचनाहरु जताततै देख्न पाइन्छ। कोरोना संक्रमणका कारण ४ महिना लामो लक डाउन र त्यसपछिको निषेधाज्ञाले उपत्यकामा घरहरु खाली भएका हुन्।

कोरोनाले व्यापार व्यवसाय धरासायी बन्न थालेपछि सटरहरु खाली हुन थालेका छन् भने अध्ययनका लागि आएका विद्यार्थी एवं अन्य कामले शहरमा रहेका नागरिकहरु गाउँ फर्किएपछि अहिले कोठा र फ्ल्याटहरु खाली भएका हुन्। यही भएकाहरु पनि कम भाडा भएको घरमा सर्ने क्रम बढेको छ।

यति मात्रै होइन शहरकोे बसाइ टुंग्याएर गाउँ फर्किनेको संख्या पनि बढी छ। होटल, रेष्टुरेन्ट, होस्टलदेखि अधिकांश व्यबसाय गर्ने व्यबसायीले ब्यवसाय नै बन्द गरेर घर खालि गराएका छन्। कति कोठा खाली भए भन्ने आधिकारिक तथ्याङ्क नभएपनि अधिकांश घरमा कोठा खाली छन्।

कोरोना नियन्त्रणमा आएपछि बाहिरबाट आउने क्रम सुरु नहुँदासम्म घरधनीहरुले ठूलो समस्या भोग्नुपर्ने अवस्था आएको उल्लेख गर्दै घरधनीहरुले लक डाउन र निषेधाज्ञाको विकल्प खोज्नुपर्ने बताएका छन् । अहिले शहरका जुनसुकै स्थानमा पुगे पनि घर खाली रहेको सूचनाहरु टाँसेको देख्न सकिन्छ। पछिल्ला वर्षहरुमा फ्ल्याट नै भाडामा दिने प्रचलनले भाडामा बस्नेहरु पीडित बनिरहेका थिए।

कहिले कोठा खोज्ने दलालको फन्दामा सर्वसाधारण पर्दै आएका थिए त कहिले घरबेटी नै अनावश्यक रुपमा भाडा असुल्दै आएका थिए। तर अहिले अवस्था फेरिएको छ। डेरावालहरुले छानीछानी सस्तोमा कोठा लिन पाउने अवस्था अहिले आउको छ । भाडामा वस्नेहरुको संख्या घट्दै घएपछि ऋण काढेर घर बनाएकाहरुलाई पनिसमस्या देखिएको छ कोठाभाडा नै आम्दानीको स्रोत भएका घरधनीहरुलाई बैंकको किस्ता तिर्न र दैनिक गुजारा गर्न समेत समस्या देखिएको बताईन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू