अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४३ | Colorodo: 11:58

मन्त्रिपरिषद् बैठक स्थगित

बिआरटीनेपाल २०७७ भदौ २५ गते ७:३९ मा प्रकाशित

मन्त्रिपरिषद्को आज बस्ने तयारी भएको बैठक स्थगित भएको छ । सत्तारुढ दल नेकपाको शुक्रबार बस्ने स्थायी कमिटी बैठकको तयारीमा प्रधानमन्त्री केपी शर्मा ओली व्यस्त भएपछि बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो ।

बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्ता तोक्ने तयारी गरेको थियो । यस्तै, नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति गर्ने तथा अन्य महत्वपूर्ण नियुक्ति गर्ने तयारी भएको थियो । बैठक शुक्रबार साँझ बस्ने बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू