अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३९ | Colorodo: 23:54

काठमाण्डौंमा निषेधाज्ञा खुकुलो, सवारी साधनमा जोरबिजोर

बिआरटीनेपाल २०७७ भदौ २४ गते ६:५५ मा प्रकाशित

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो पारिएको छ। आज बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले केही सहजतासँगै निषेधाज्ञा लब्म्याएको छ। बैठकले भोलिदेखि उपत्यकामा जोर विजोर सवारीसाधन चलाउन पाउने निर्णय गरेको छ।

सार्वजनिक यातायातको सम्बन्धमा भने कुनै निर्णय भएको छैन। त्यस्तै, पसल व्यवसाय पनि विहान बेलुकी खोल्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमल प्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँले यसबाहेक अन्य विषयमा पनि सहजता ल्याइएको बताउनुभएको छ ।

स्वास्थ्य सुरक्षा अपनाएर दैनिकी चलाउनुपर्ने अवस्थालाई निर्णय गर्दा ख्याल गरिएको उहाँको भनाई छ। अन्य क्षेत्रमा भने भदौ ३१ सम्म निषेधाज्ञा रहने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू