अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३५ | Colorodo: 22:50

मोटोपन भएका व्यक्तिलाई कोरोना संक्रमणको खतरा बढी

बिआरटीनेपाल २०७७ भदौ २३ गते ७:०२ मा प्रकाशित

अमेरिकामा गरिएको एक खोज अनुसन्धानले तुलनात्मक रुपमा मोटेपन भएका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमणको बढी खतरा रहेको छ ।मोटोपन भएका संक्रमितको बच्ने सम्भावना २० प्रतिशत मात्र रहेको चिकित्सकहरुको भनाइ छ । मोटोपन भएका कोरोना संक्रमित निको भए पनि त्यसको साइड इफेक्ट लामो समयसम्म रहने अनुसन्धानले देखाएको छ ।

विश्वमा धेरै देशहरुले गरेको रिसर्च अनुसार मोटोपन भएका व्यक्तिहरुलाई कोरोना भाइरसले ३ तरिकाबाट सताउने गर्दछ । अरु व्यक्तिहरुको तुलनामा उनीहरुमा संक्रमण छिटो हुने सम्भावना बढी हुने गर्दछ ।दोस्रो यसरी कोरोनाबाट संक्रमित भइहालेमा उनीहरुको अवस्था निकै गम्भीर हुन्छ । तेस्रो संक्रमित व्यक्ति यदि मधुमेह र मुटुका रोगी समेत भए उनीहरुको अवस्था चिन्ताजनक हुन्छ ।

मोटोपन भएका व्यक्तिहरुमा कोरोना भाइरससँग लड्ने प्रतिरोधी क्षमता कम हुन्छ । त्यसैले यस्ता व्यक्तिहरुलाई यो भाइरसले छिटो र सजिलै आक्रमण गरिहाल्छ ।इन्टरनेशनल मेडिकल अर्गनाइजेशन एन्डोक्राइन सोसायटीमा प्रकाशित जर्नलका अनुसार मोटोपन भएका व्यक्तिहरुलाई कोरोनासँग लड्न बढी मुस्किल हुन्छ । यस्ता व्यक्तिहरुमा प्राय संक्रमणपछि प्रतिरोधी क्षमतालाई उत्तेजित बनाइदिन्छ । अर्थात शरीरलाई बचाउने प्रणालीलाई नै नष्ट गरिदिने खतरा रहन्छ ।

यसलाई विज्ञानको भाषामा साइटोकाइन स्टर्म भनिन्छ । मोटोपनका कारण मधुमेह, हृदयरोग अथवा किड्नीको समस्या पनि बढाइदिन्छ । यसको सीधा असर शरीरलाई रोगसँग लड्न मद्दत गर्ने प्रतिरोधी प्रणालीमा पर्छ । त्यसैले मोटोपनसँगै अरु विभिन्न रोग समेत भएकाहरुलाई कोरोना संक्रमण भएमा अझ चिन्ताजनक अवस्था हुन्छ ।

यसै वर्षको सेप्टेम्वरमा मोटोपन र कोविड–१९ बीच बीच के सम्बन्ध छ भनेर गरिएको एक रिसर्चका अनुसार अस्पताल भर्ना भएका कोरोना भाइरसबाट संक्रमित १२४ जनामध्ये १० प्रतिशत मात्र सामान्य तौलका थिए । यसको अर्थ के हो भने मोटोपन भएका व्यक्तिलाई कोरोना भारस संक्रमण हुने खतरा बढी रहन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू