अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५४ | Colorodo: 08:09

नेपालमा एकैदिन २ हजार २ सय ८७ कोरोना संक्रमित उपचारपछि डिस्चार्ज, थप ९ सय २ जनामा संक्रमण पुष्टि

बिआरटीनेपाल २०७७ भदौ २३ गते ६:४६ मा प्रकाशित

नेपालमा मंगलबार एकैदिन २ हजार २ सय ८७ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित उपचारपछि निको भएसैगै अहिलेसम्म कोरोनाको उपचारपछि डिस्चार्ज हुनेको संख्या ३२ हजार ९ सय ६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोरोना भाइरसका संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको छ । गएको २४ घण्टामा ९ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १० हजार ६ सय ११ जनाको पीसीआर विधिमार्फत परीक्षण गरिएको छ ।

अब नेपालमा १४ हजार ८ सय ६८ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ५ हजार ३ सय १० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय ६ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू