अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०६ | Colorodo: 18:21

३ दिन भित्र हाजिर हुन सबै कर्मचारीलाई सरकारको निर्देशन

बिआरटीनेपाल २०७७ भदौ २३ गते ६:४५ मा प्रकाशित

सरकारले सरुवा र कामकाजका लागि सङ्घीय कार्यालय, प्रदेश सरकार, स्थानीय तहमा खटाइएका सबै तहका कर्मचारीलाई तीन दिन भित्र हाजिर हुन निर्देशन दिएको छ । सरकारले हाजिर हुन खटाए पनि समयमा नै हाजिर नभएको गुनासो आएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन दिन भित्र हाजिर हुने निर्देशन दिएको हो ।

३ दिन भित्र खटाइएको स्थानमा हाजिर नहुने कर्मचारीलाई कानुनी कारवाही पनि गरिने मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले बताउनुभयो । खटाइएको ठाउँमा कर्मचारी नपुगेका कारण दैनीक कामकाज देखि अहिले विश्वभर फैलिईरहेको कोभिड–१९ का कारण व्यवस्थापन गर्नुपर्ने लगायतका काम अवरुद्ध भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले खटाइएको ठाउँमा कर्मचारी नपुगेको भए मन्त्रालयमा बेलैमा जानकारी गराउन पनि सबै तहका कार्यालयलाई आग्रह गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू