अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०१ | Colorodo: 18:16

कोरोनाका कारण दुग्ध क्षेत्रमा २० अर्बको नोक्सानी, बिक्री भएको दुधको समेत भुक्तानी नपाएको गुनासो

बिआरटीनेपाल २०७७ भदौ २१ गते ७:२६ मा प्रकाशित

कोरोना महामारीका कारण डेरी तथा उद्योग क्षेत्रका ६० प्रतिशत बजार गुमेको सरोकारबालाहरु बताएका छन् ।कोरोना शुरु भएदेखि हालसम्म दुग्ध क्षेत्रमा मात्र २० अर्ब रुपियाँ घाटा लागेको बताइएको छ ।एसोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) ले आयोजना गरेको यस सम्बन्धी भर्चुअल छलफलमा सरोकारबालाहरुले घाटाले सबै क्षेत्र मारमा पर्दै गएको बताएका हुन् ।

महामारीका कारण डेरी क्षेत्रमा मात्र नभै किसानलाई पनि निकै समस्या भएको धारणा राख्दै वाग्मती प्रदेशका भूमी, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले दुग्ध क्षेत्रका उद्योगीदेखि किसानसम्मको समस्या समाधान हुनुपर्ने कुरामा जोड दिनुभयो ।किसानले उत्पादन गरेको दुधले बजार नपाएको बताउँदै मन्त्री लामाले त्यसको बारेमा सरकार तथा नीजि क्षेत्र मिलेर छलफल गरी समाधानका लागि प्रदेश सरकार लागि परेको बताउनुभयो ।

केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले कोरोना महामारीका कारण किसानको दुधमा ३० प्रतिशत ह्रास आएको बताउनुभयो ।देशभरि सहकारीमा ६ लाख लिटर दुध संकलन हुन्छ, त्यसमा अहिले ३० प्रतिशत कमी आएको बताउँदै उहाँले अहिले सबै समस्या किसानसँग ठोकिएको बताउनुभयो ।

किसानले डेरी उद्योगीबाट चार महिनादेखि भुक्तानी नपाएको समेत गुनासो गर्नुभयो ।एकातिर किसानको दुध विक्रि नभइरहेको अवस्था र अर्कोतिर विक्रि भएका दुधको भुक्तानी समेत नपाइरहेको भन्दै उहाँले किसान साह्रै पीडामा परेका तर सरकारले यसमा कुनै ध्यान नदिएको दुखेसो व्यक्त गर्नुभयो । डेरी उद्योगहरु पूर्ण रुपमा सञ्चालनमा भएपनि उद्योगीहरुले किसानको दुध खरिद नगरेको उहाँले गनुासो गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू