अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३६ | Colorodo: 21:51

रसायनिक मल नल्याउने दुई कम्पनीलाई कारबाही गरिने

बिआरटीनेपाल २०७७ भदौ २१ गते ७:२६ मा प्रकाशित

चरम अभावको समयमा समेत मल नल्याएको भन्दै कृषी मन्त्रालयले २ मल ठेकेदार कम्पनी विरुद्ध कानुनी कारबाहीको तयारी गरेको छ ।कृषी सामाग्री कम्पनी लिमिटेडले सो कम्पनीहरुका कागजात अध्ययन गरिरहेको भन्दै यी कम्पनी विरुद्ध आवश्यक कानुनी कारबाहीको तयारी गरिरहेको जनाएको हो ।

कम्पनीले मल ल्याउनका लागी गत बैशाख दोस्रो साता २ नेपाली कम्पनीसँग सम्झौता गरेको थियो ।सो सम्झौता अनुसार शनिबारसम्म मल आईपुग्नुपर्ने भएपनि मल नआएपछि सरकारले यी विरुद्ध कानुनी कारबाहीको तयारी गरेको हो । सार्वजनिक खरिद नियमावलीका आधारमा आवश्यक कानुनी कारबाहीको तयारी गरिएको कृषी सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्र प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

संस्थानले गत पुसमा वर्षायामको मल आपूर्तिका लागि शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनी र होमनाथ कोइरालाको होविको मल्टीपल कम्पनीलाई मल आपूर्तिको ठेक्का दिने निर्णय गरेको थियो । यी कम्पनीले समयमै मल ल्याउन नसक्ने भएपछी सरकारले बंगलादेश सरकारसँग ५० हजार मेट्रिक टन पैँचो समेत मागेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू