अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३४
| Colorodo: 20:49
बागलुङको ढोरपाटन नगरपालिका–९, भुजीखोलामा आएको बाढी र पहिरोमा ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । शनिबार दिउँसो बडीगाड गाउँपालिका वडा नम्बर–५, न्वारमा बडिगाडखोलाको किनारमा २ वटा शव फेलापरेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो ।
ती शवको सनाखत हुन सकेको छैन । बाढी÷पहिरोमा परेका २२ जना अझै बेपत्ता छन् । नेपाली सेना र नेपाल प्रहरीको टोलीले उनीहरुको खोजी गरिरहेको छ । यही भदौ १७ गते राति आएको बाढी र पहिरोले ८० घरमा पूर्णरुपमा क्षति पु¥याएको छ भने ५१ घरमा आंशिक क्षति पुगेको छ ।
बाढी पहिरोले ५ वटा लघुजलविद्युत्,६ ओटा नहर, स्वास्थ्य एकाइ १ , झोलुंगेपुल ११, ढलानपुल ५, काठेपुल १० र २ विद्यालयमा क्षति पुगेको नगरपालिकाले विज्ञप्ति जारी गरेर जनाएको छ ।