अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५७ | Colorodo: 21:12

अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा पदबाट राजीनामा

बिआरटीनेपाल २०७७ भदौ १९ गते ६:४५ मा प्रकाशित

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पदबाट राजीनामा दिनुभएको छ । खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । शुक्रबार दिउँसोको मन्त्रिपरिषद्को बैठकमा आफूलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएकोमा धन्यवाद दिनुभएका खतिवडाले त्यसपछि अर्थ मन्त्रालयमा कर्मचारीसँग बिदाइ कार्यक्रम गर्नुभएको थियो । त्यस लगत्तै उहाँ सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर पनि कर्मचारीसँग बिदाइ हुनुभएको थियो ।

मन्त्रीले प्रधानमन्त्रीसमक्ष राजीनामा दिने व्यवस्थाअनुसार खतिवडाले राजीनामा बुझाउनुभएको छ । २०७४ सालको फागुनमा अर्थमन्त्री हुनुभएका खतिवडाको राष्ट्रिय सभा सदस्य पद गएको फागुनमा सकिएको थियो । तर राष्ट्रिय सभा सदस्य पद ६ महिनासम्म थपिने र मन्त्री बन्न पाउने प्रावधानका कारण उहाँले फागुनमा दोस्रो पटक सपथ लिनुभएको थियो ।

अहिले भने नेकपाले राष्ट्रियसभा सदस्यमा वामदेव गौतमलाई सिफारिस गरेपछि खतिवडाले राजीनामा दिनुभएको हो । उहाँको राष्ट्रिय सभाको पदावधि भोलि शनिबार सकिँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू