अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०३ | Colorodo: 19:18

स्टेरोइड्सले गम्भीर कोभिड बिरामीबाट जीवन बचाउने अध्ययनको निष्कर्ष

बिआरटीनेपाल २०७७ भदौ १८ गते ६:०८ मा प्रकाशित

कोरोनाभाइरसका गम्भीर प्रकृतिका बिरामीलाई सस्तो स्टेरोइड्सले बचाउन सकिने अध्ययनहरुले देखाएका छन् ।गम्भीर हेरचाहमा कोभिड बिरामीहरुलाई व्यापकरुपमा स्टेरोइडको प्रयोग हुँदै आएको पाइएको छ ।यसअघि गरिएको परीक्षणले कोभिड उपचारमा सफलता हासिल भएको नतिजा आएको पनि निष्कर्ष निकालिएको ‘बीबीसी‘ले उल्लेख गरेको छ ।

सस्तो स्टेरोइडबाट हरेक १०० बिरामीमध्ये आठजनाको ज्यान बचाउन सकिएको ‘जामा‘मा प्रकाशित नतिजाले देखाएको छ ।अनुसन्धानकर्ताहरुले यी परिणामहरु प्रभावशाली भएपनि कोरोनाभाइरस उपचारका लागि भने नभएकोसमेत बताएका छन् ।गत जुन महिनामा डेक्सामेथासोन नामक स्टेरोइडले कोरोनाका गम्भीर बिरामीहरुको उपचार गरिएको थियो । निको हुने आशा गरेर परीक्षणमा ल्याइएको त्यो पहिलो औषधि थियो ।

हालैको अध्ययनले विश्वभरिका कोरोनाभाइरस बिरामीहरुमा स्टेरोइड्ससम्बन्धी सबै ‘क्लिनिकल’ परीक्षणहरु ल्याएको छ । यसले डेक्सामेथासोनले राम्रोसँग काम गरेको देखाएको छ ।त्यस्तै, अर्को स्टेरोइड हाइड्रोकोर्टिसोन पनि डेक्सामेथासोनजत्तिकै प्रभावकारी रहेको सुनिश्चित गरिएको छ ।इम्पीरियल कलेज लण्डनकी प्राध्यापक एन्थोनी गोर्डनले भन्नुभयो, ‘यस वर्षको सुरुमा यसको कुनै खास उपचार छैन भनेर हामीलाई लगभग निराश महसुस भयो । त्यो एकदम चिन्ताजनक समय थियो । तर, छ महिनाभन्दा कम समयपछि हामीले यस विनाशकारी रोगलाई कसरी सामना गर्ने भन्नेबारेको उच्च गुणस्तरको क्लिनिकल परीक्षणहरुमा हामीले स्पष्ट, भरपर्दो प्रमाण पत्ता लगायौं ।’

बीबीसीले उल्लेख गरेअनुसार एक हजार ७०३ गम्भीर प्रकृतिका बिरामीको परिणामबाट ४० प्रतिशतको मृत्यु भयो । जबकि, केवल उच्चस्तरको उपचार दिइयो । तर, स्टेरोइड्स दिएपछि ३२ प्रतिशतमात्र बिरामीको मृत्यु भयो ।यी अध्ययनहरु अस्पतालका सबैभन्दा गम्भीर बिरामीहरुमा गरिएको थियो । धेरै व्यक्तिहरुले केवल हल्का लक्षणहरुमात्र भएको अनुभव गरेकोसमेत बीबीसीले उल्लेख गरेको छ । स्टेरोइड्सले श्वसन र प्रतिरक्षा प्रणालीलाई शान्त बनाउने उल्लेख छ । यसको प्रयोग अर्थराइटिस् र दमसहित गम्भीर प्रकृतिका संक्रमणमा प्रयोग भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू