अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०६ | Colorodo: 11:21

नेकपा सचिवालय बैठक बस्दै

बिआरटीनेपाल २०७७ भदौ १७ गते २२:१३ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्न लागेको छ । नेकपा महासचिव विष्णु पौडेलको संयोकजत्वमा बनेको विवाद समाधान कार्यदलले तयार गरेको प्रतिवेदनका विषयमा सचिवालय बैठकमा छलफल हुने भएको छ । बैठक बिहान ११ बजे तय गरेपछि समय केही तलमाथि हुनसक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गत साउन ३० गते गठन भएको कार्यदलले भदौ ६ गते अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो । त्यही प्रतिवेदनमा केन्द्रित भएर आजको सचिवालय बैठकमा छलफल हुने नेताहरुले बताएका छन । प्रतिवेदनका विषयमा सचिवालयका ९ जनाले आ–आफ्नो धारणा राख्ने भएका छन् । आजको बैठकमा कार्यदलको प्रतिवेदनकै विषयमा केन्द्रित भई छलफल हुने अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।

यस्तै आजको बैठकमा राष्ट्रिय सभामा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने विषयमा पनि छलफल हुनसक्ने सम्भावना रहेको बताइएको छ । अर्थमन्त्री युवराज खतिवडाको म्याद भदौ २० गते सकिने भएकाले खतिवडालाई निरन्तरता दिने भए सो सम्बन्धमा भदौ २० अघि नै निर्णय गर्नुपर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू