अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४१ | Colorodo: 05:56

नेपालमा थप ८ सय ९९ जनामा कोरोना सङ्क्रमण, सोमबार ५ सय ८८ जना डिस्चार्ज

बिआरटीनेपाल २०७७ भदौ १५ गते ६:२० मा प्रकाशित

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३९ हजार ४ सय ६० पुगेको छ । गएको २४ घण्टामा ८ सय ९९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ११ हजार एक सय १९ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण भएको े मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा पाँच सय ८८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या २१ हजार ४ सय १० पुगेको छ । अब नेपालमा १७ हजार ८ सय २२ जना कोरोनाका सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ७ हजार ३ सय ३७ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा ७ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २ सय २८ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू