अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०२
| Colorodo: 21:17
नेपालमा थप ६ सय ८१ जनामा कोरोना पुष्टि भएको छ । योसहित हालसम्म संक्रमित हुनेको संख्या २८ हजार ९ सय ३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै विगत २४ घण्टामा १ सय २० जना कोरोनाबाट निको भइ घर फर्किएसंगै हालसम्म निको हुनेको संख्या १७ हजार ७ सय पुगेको छ।
हाल देशमा सक्रिय संक्रमितको संख्या ११ हजार १ सय १८ रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । विगत २४ घण्टामा ११ हजार ५ सय १२ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ५ लाख ५४ हजार बढीको पिसिआर परीक्षण भएको छ ।
अहिलेसम्म मृतक १ सय २० जनामा कोरोना पुष्टि भएको छ। विगत २४ घण्टामा थप ६ जना मृतकमा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १३ हजार ५ सय ७१ र आइसोलेसनमा रहनेको संख्या ११ हजार ११८ जना रहेको छ ।