अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३२ | Colorodo: 23:47

गोंगबु हत्याकाण्डमा संलग्न महिला सार्वजनिक, भन्छिन् ‘बोहोराले नक्कली फेसबुक बनाएर निर्वस्त्र तस्वीर राखिदिंन्थे’

बिआरटीनेपाल २०७७ साउन २७ गते २:३२ मा प्रकाशित

काठमाडौंको गोंगबुमा आइतबार बिहान सुटकेसमा शव फेला परेका दाङका कृष्णबहादुर बोहोराको हत्यामा संलग्न महिलाले हत्या गरेको स्वीकार गरेकी छन् । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरेर बोहोराको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकी कल्पना मुडभरी पौडेलले आफूलाई यौंन हिंसा गरेको भनी बयान दिएको प्रहरीले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले कल्पना र कृष्णबहादुरबीच तीन–चार वर्षअघि फेसबुकबाट चिनजान भएको जानकारी दिनुभयो । कृष्णबहादुरले नक्कली फेसबुक एकाउन्ट बनाएर आफ्नो निर्वस्त्र तस्वीरहरु राख्न थालेकोले हत्या गरेको स्वीकार कल्पनाले बयानकै क्रममा गरेको प्रमुख एसएसपी ज्ञवालीले बताउनुभयो ।

बोहरालाई ती महिलाले दहीमा पाँच वटा स्लिपिङ ट्याबलेट खुवाएर लठ्याएपछि हत्या गरेको प्रहरीको भनाइ छ । बोहोरा लठ्ठिएपछि कल्पनाले अण्डकोषमा हम्मरले प्रहार गरेको र मरेको एकिन भएपछि उनले घाँटी र खुट्टा छिनालेर आफैंले शव व्यवस्थापन गरेको प्रहरीले जनाएको छ । कल्पनालाई प्रहरीले चितवनबाट पक्राउ गरी काठमाडौं ल्याएर अनुसन्धान सुरु गरेको हो । कल्पना र उनकी १५ वर्षिया छोरीलाई मंगलबार बिहान काठमाडौँ ल्याइ प्रहरीले गोंगबुस्थित हत्या गरिएको घरमै लगेर बयान लिएको हो ।

बयानकै क्रममा ती महिलाले बोहोराको हत्या गरेको र शव व्यवस्थापनमा छोरीले सहयोग गरेको खुलेको छ । ती महिला विगत २ वर्षदेखि घटनास्थलबाट केही मिटर पर रहेकोे किरण बस्नेतको घरको तेश्रो तल्लामा आफनी एक छोरी र एक छोरासँग बस्दै आएको र ती महिलाका श्रीमान् भने खाडी मुुलुकमा रहेको खुलासा भएको छ ।

हत्यापछि शवलाई टुक्रा पारेर सुटकेशमा राखिएको र टाउको र खुट्टा भने प्लाष्टिकको झोलामा राखेर फालिएको थियो । शव व्यवस्थापनपछि आमा छोरी एम्बुलेन्स भाडामा लिएर चितवन पुगेको खुलासा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू