अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३० | Colorodo: 02:45

नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ७४ पुग्यो

बिआरटीनेपाल २०७७ साउन २५ गते ०:११ मा प्रकाशित

नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ । गएराति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उपचाररत ६२ वर्षका पुरुषको ज्यान गएको अस्पतालले जानकारी दिएको छ ।

गएको सोमबार कोरोना पुष्टि भएपछि पोखरा महानगरपालिका(१९ का ती पुरुषलाई अस्पतालमा भर्ना गरिएको र आईसीयूमा उपचारका क्रममा गएराति ज्यान गएको अस्पतालले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ । ज्यान गुमाएका पुरुष मधुमेहको रोगीसमेत रहेको अस्पतालले जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यो जानकारी नियमित पत्रकार सम्मेलनमा मात्रै दिनेछ ।

नेपालमा अहिलेसम्म ४ लाख ३५ हजारको पीसीआर परीक्षण गर्दा साढे २२ हजारमा कोरोना पुष्टि भएको छ । जसमध्ये १६ हजार ३ सय १३ जना निको भएका र ६ हजार २ सय ६ जना आइसोलेशनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू