अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३६ | Colorodo: 07:51

नेपालमा रहेको कोरोना भाइरसको ‘जिन सिक्वेन्सिङ’ अध्ययन शुरु

बिआरटीनेपाल २०७७ साउन २४ गते ६:१२ मा प्रकाशित

नेपालमा रहेको कोभिड–१९ को अणुवांशिक (जिन सिक्वेन्सिङ)को अध्ययन शुरु गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोभिड–१९ का १५ जना सङ्क्रमितको नमूना लिएर जिन सिक्वेन्सिङको प्रक्रिया शुरु गरेको हो ।परिषद्ले नेपाली वैज्ञानिक विज्ञ र अनुसन्धानकर्ताबाट पहिलोपटक निजी प्रयोगशालामा जिन सिक्वेन्सिङ थालिएको परिषद्का कार्यकारी निर्देशक डा. प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

नेपालमा सङ्क्रमितमा रहेको कोभिड–१९ को जिन कस्तो प्रकारको रहेको भनेर अध्ययन थालिएको हो । अध्ययनबाट यहाँ रहेको कोभिड–१९ को भाइरस कति शक्तिशाली रहेछ भन्ने पत्ता लाग्नेछ । सबै देशले आफ्नो देशमा सङ्क्रमित व्यक्तिमा भएको भाइरस कस्तो छ भनेर जिन सिक्वेन्सीङ गरिरहेका छन् ।

परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले फरक फरक सङ्क्रमित व्यक्तिको नमूना लिएर जिन सिक्वेन्सिङ गर्न थालिएको बताउनुभयो । उहाँका अनुसार सङ्क्रमित भएर मृत्यु भएका, सङ्क्रमित भएर निको भएका, लक्षणरहित र सामान्य सङ्क्रमित, बालबालिका, युवा र वृद्धा सङ्क्रमित तथा फरकफरक देशबाट आएका सङ्क्रमितको नमूना सङ्कलन गरेर जिन सिक्वेन्सिङ गर्न थालिएको हो ।

अध्ययनका लागि परिषद्ले काठमाडौँ विश्वविद्यालयसँग सम्झौता गरेर पनि जिन सिक्वेन्सिङका लागि आवश्यक किट नआएकाले निजी प्रयोगशालाले गरिरहेको छ । अध्ययनबाट कोरोना भाइरस कति शक्तिशाली रहेछ भन्ने पत्ता लाग्ने बताईएको छ ।

जिन पत्ता लगाएपछि कोभिड–१९ को उपचारका लागि आवश्यक भ्याक्सिन र औषधि पत्ता लगाउन सकिनेछ । परिषद्ले जिनको अध्ययनपछि गुणस्तरीय छ कि छैन भनेर परीक्षण गर्नका लागि विश्व स्वास्थ्य सङ्गठनको स्वीकृतमा प्राप्त विदेशका प्रयोगशालामा १० प्रतिशत नमूना परीक्षणका लागि पठाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू