अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१९ | Colorodo: 02:34

सिन्धुपाल्चोक पहिरोमा १० जनाको मृत्यु

बिआरटीनेपाल २०७७ साउन १९ गते ६:५२ मा प्रकाशित

सिन्धुपाल्चोकको पश्चिमी क्षेत्रका छुट्टाछुट्टै दुई स्थानमा पहिरोले घर, टहरो पुर्दा १० जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार सोमबार बिहानीपख गएको पहिरोले मेलम्ची नगरपालिकामा ८ आठ मजदुर र पाँचपोखरी थाङपालगाउँपालिकामा २ जना स्थानीयको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेले बिहान ३ बजेतिर मेलम्ची बजार क्षेत्रमा सडकमाथिबाट खसेको पहिरोले ९ मजदुर सुतिरहेको टहरो पुरेको जानकारी दिनुभयो । उहाँका अनुसार पहिरो पन्छाएर ज्यान गुमाउने सबै ८ को शव टहरोबाट निकालिएको छ। मृतक सबैको पहिचान खुलेको छ।

यसैबीच, स्थानिय पाँचपोखरी थाङपाल गाउँपालिका–२ मा पहिरोले घर पुर्दा श्रीमान –श्रीमतीकै मृत्यु भएको छ। माथिबाट खसेको पहिरोले बिहान दुई बजेतिर घर पुर्दा स्थानीय ४३ वर्षीय यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती ४२ वर्षीया लक्ष्मी सिलवालको मृत्यु भएको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । पहिरोमा परी दर्जनभन्दा बढी पशुचौपायासमेत मरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू