अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१८ | Colorodo: 13:33

मन्त्रीपरिषद् बैठक– प्राकृतिक विपद्मा मृत्यु भएकाका परिवारलाई २ लाख राहत दिने सरकारको निर्णय

बिआरटीनेपाल २०७७ साउन १५ गते ६:१९ मा प्रकाशित

सरकारले प्राकृतिक विपद्मा मृत्यु भएकाका परिवारलाई २ लाख राहत दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै विपद्को घटनामा कुनै परिवारका १ जनाको मृत्यु भएमा २ लाख र सोही परिवारमा थप व्यक्तिको मृत्यु भएको भए प्रतिव्यक्ति १ लाख रुपैयाँ दरले राहत दिने निर्णय गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार यसपटक एकद्वार नीतिबाट राहत वितरण गरिने छ । संघ प्रदेश र स्थानीय तहबाट राहत जाँदा कहिलेकाहीं दोहोरोतेहोरो पर्ने र कहीं पर्दै नपर्ने अवस्था नहोस् भनेर एकद्वारा प्रणालीबाट राहत वितरण गर्न लागिएको मन्त्री खतिवडाले बताउनुभयो । उहाँले राहतको दिँदा विगतमा ढिलाई नहुने पनि बताउनुभयो । पछिल्लो निर्णयअनुसारको राहत रकम पनि स्वतः स्थानीय तहबाटै परिचालित हुने गरी मापदण्ड बनाइएको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार राहतको समन्वय प्रमुख जिल्ला अधिकारीले गर्नेछन् ।

त्यस्तै प्राकृतिक प्रकोपबाट घर, खाद्यान्न र बालीहरु मात्र नोक्सान भएको अवस्थामा ५ सदस्यसम्मका परिवार तत्काल १५ हजार र त्यो भन्दा बढी परिवार संख्या भएकालाई २० हजार राहत दिइने छ । त्यसपछि पुनस्र्थापनाका लागि आवास लगायतका व्यवस्था गर्नेबारे मापदण्डमा राखिएको मन्त्री खतिवडाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू